दफा १९
विद्युतीय अभिलेख प्रणालीको विकास गर्ने
(१) मन्त्रालयले तेजाब वा अन्य घातक रासायनिक पदार्थको उंत्पादन;-निकासी, पैठारी;:भण्डारण, ओसारपसार तथा बिक्री वितरण सम्बन्धी अद्यावधिक _विवरण : अनेलाइनमा नै उपलब्ध गराउनको लागि आवश्यक विद्युतीय प्रणालीको विकास गरी लागू गर्न सक्नेछ ।
(२) अनुमतिपत्र प्राप्त व्यक्तिले उत्पादन, निकासी, पैठारी, भण्डारण, ओसारपसार तथा बिक्री वितरण गरेको तेजाब वा अन्य घातक रासायनिक पदार्थको तोकिए बमोजिमको विवरण उपदफा (१) बमोजिमको विद्युतीय प्रणालीमा उपलब्ध गराउनु वा प्रविष्टि गराउनु पर्नेछ।
(३) उपदफा (२) बमोजिम विवरण प्रविष्टि गराउने प्रयोजनको लागि उपदफा (१) बमोजिमको विद्युतीय प्रणालीमा अनुमतिपत्र जारी गर्ने अधिकारी तथा अनुमतिपत्र प्राप्त व्यक्तिलाई आवश्यकता अनुसार पहुँच दिनु पर्नेछ।